+
+

वर्षा सिवाकोटी अभिनित ‘ए साथी सुन’ चैत १० मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते ११:५६

काठमाडौं । वर्षा सिवाकोटीको शीर्ष भूमिका रहेको फिल्म ‘ए साथी सुन’ले पोस्टरसहित रिलिज मिति सार्वजनिक गरेको छ । सार्वजनिक भएका दुई पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु सिवाकोटी र डेब्यु कलाकार रमेश बानियाँलाई फिचर्ड गरिएको छ ।

यो फिल्म चैत १० गते रिलिज हुने भएको छ । लभस्टोरी, थ्रिलर र कमेडी जनराको फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायत अभिनय छ । फिल्ममा बाल कलाकार कृष्मा खड्का र इभान सन्जेलको पनि अभिनय छ ।

रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई विना कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । सहनिर्मातामा सुदीप पौडेल छन् । फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?