+
+

‘फूलबारी’को ओपनिङ अकुपेन्सी उत्साहजनक, प्रिमियरमा रामबाबुदेखि प्रियंकासम्म (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ५ गते १३:४७

काठमाडौं । ‘कबड्डी’ फेम्ड रामबाबु गुरुङको फिल्म ‘फूलबारी’ले रेडकार्पेट प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको छ । फिल्म हेरेका सेलिब्रिटी र आगन्तुकले फिल्मको कथावस्तुलाई रुचाएका छन् । बिहीबार बेलुका कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रथम प्रदर्शनी समारोह सेलिब्रिटीको ‘फेसन स्टेटमेन्ट’ले समेत चर्चित बन्यो ।

फिल्मको कास्ट एण्ड क्रिउ नै उपस्थित रहेको प्रिमियरमा निर्देशक गुरुङ, कलाकारहरु दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, शिल्पा मास्के, मिरुना मगर, विजय बराल, निर्देशक दीपेन्द्र खनाल, निशा अधिकारी सहभागी रहे । प्रियंका, विपिन र शिल्पाले त मिडियाअघि नै आँसु बगाए । दर्शक पनि भावुक देखिन्थे । सन्तानले एकपटक हेर्नुपर्ने फिल्म भनेर कतिपयले प्रतिक्रिया पनि दिए ।

प्रिमियरमा अभिनेत्री कार्की स्टाइलिस पहिरनसँग उपस्थित थिइन् । पछिल्लो समय नेपाली फिल्मले बजारलाई चलायमान बनाउन नसकिरहेको बेला फूलबारीबाट राम्रो आशा छ । अहिलेसम्म धेरै कमाउने फिल्मको कीर्तिमान राखेको मान राखेको ‘कबड्डी ४’को ब्राण्ड जोडिएकाले पनि फूलबारीप्रति आशा छ । फिल्मले शुक्रबार सन्तोषजनक ओपनिङ गर्ने देखिएको छ ।

बिहानी र दिवा शोमा फिल्मको अकुपेन्सी देशव्यापी ३० प्रतिशतभन्दा हाराहारीमा देखिएको छ जुन राम्रो हो । वर्ड अफ माउथ बलियो हुन सके फिल्मले पहिलो सप्ताहन्त र विकडेजमा समेत राम्रो कमाइ गर्न सक्ने देखिन्छ । पारिवारिक कथावस्तुको फिल्म भएकाले फेमिली दर्शकले यसलाई रुचाउन सक्ने अनुमान गरिएको छ ।

फोटो सौजन्य : सुरेन्द्र थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?