+
+

फिल्म ‘प्रेमा’को गीत ‘मन मनमा’मा रोमान्टिक अरुण र शुभेच्छा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १२:४५

काठमाडौं । आगामी चैत १७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको लभस्टोरी फिल्म ‘प्रेमा’को रोमान्टिक गीत ‘मन मनमा’ सार्वजनिक भएको छ । गीतमा रिकेश गुरुङ र सुवानी मोक्तानको स्वर, अनिल शर्मा र सुशान्त गौतमको शब्द तथा सुशान्तकै संगीत छ ।

गीतमा फिल्मका प्रमुख दुई पात्र शुभेच्छा खड्का र अरुण क्षेत्री फिचर्ड छन् । वसन्तपुर, भक्तपुर र पाटन दरबार स्क्वायर, स्वयम्भू, बौद्ध पर्यटकीय क्षेत्रमा छायांकन गरिएको गीतमा शुभेच्छा र अरुणको टुसाउँदै गरेको प्रेमदेखि विकसित प्रेम देखाइएको छ । गीतमा अर्की अभिनेत्री सृष्टि श्रेष्ठको ‘सरप्राइज’ प्रवेश देखाइएको छ ।

प्रायः रोमान्टिक गीतको सुटिङ डाँडाकाँडातिर हुने भएपनि यो गीतको छायांकन चाहिं पुरातात्विक सम्पदा क्षेत्रमा गरिएको छ । गीतको कोरियोग्राफी नृत्य नभएर अभिनयकै शैलीमा बुनिएको छ । शुभेच्छा र अरुणलाई फिल्मका लेखक तथा निर्देशक गोविन्दसिंह भण्डारीले शारीरिक हाउभाउ र आँखा-आँखाको हेराइमार्फत प्रेम अभिव्यक्त गराएका छन् ।

फिल्ममा शुभेच्छाले शीर्ष चरित्र ‘प्रेमा’को भूमिका निर्वाह गरेकी छन् । निर्देशक भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्माण गरिएको हो ।

काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सविन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को समेत अभिनय छ । त्रिकोणात्मक प्रेमकथामा फिल्म आधारित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?