+
+

नेपालबाट ६ महिनामा १९१ जना विदेशी निष्काशित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १२:५१

७ फागुन, काठमाडौं । नेपालबाट ६ महिनाको अवधिमा १९१ जना विदेशी नागरिक निष्काशनमा परेका छन् । ७ अध्यागमन विभागका अनुसार ३९ वटा मुलुकका ती नागरिक नेपालबाट निष्काशनमा परेका हुन् ।

नेपालमा आपराधिक क्रियाकलापमा संलग्न भएका, कारवाहीमा परेका, भिसा अवधि समाप्त भएका लगायत विदेशीहरु निष्काशनमा परेका हुन् । निष्काशनमा पर्नेमा सबैभन्दा धेरै चिनियाँ नागरिक छन् । यस अवधिमा ८५ जना चिनियाँ नागरिक निष्काशनमा परेका छन् । दोस्रो स्थानमा अमेरिकी र बेलायती नागरिक छन् ।

नेपालबाट १२/१२ जना बेलायती र अमेरिकी नागरिक यस अवधिमा निष्काशनमा परेको विभागको तथ्यांक छ । युक्रेन र रसियाका १/१ जना नागरिक समेत नेपालबाट निष्काशनमा परेको विभागको तथ्यांक छ । पाकिस्तानका १०, उज्जेकिस्तानका ९, कोरिया र श्रीलंकाका ६/६ जना नागरिक निष्काशनमा परेको विभागले जनाएको छ ।

बंगलादेश, अष्ट्रेलिया, फ्रान्सका ४/४ जनालाई नेपालबाट निष्काशित गरिएको छ । यस अवधिमा रोमानिया, फिलिपिन्स, म्यानमार, नर्वे, केन्या, इटाली, इजरायल, इरान, इण्डोनेसिया, ग्वाटेमाला, कोलम्बिया, ब्राजिल, भुटानसहितका नागरिक निष्काशनमा परेको विभागको आंकडामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?