+
+

वर्षा सिवाकोटी अभिनित फिल्म ‘ए साथी सुन’को शीर्ष गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ७ गते १७:०७

काठमाडौं । वर्षा सिवाकोटी र रमेश बानियाँ अभिनित फिल्म ‘ए साथी सुन’को शीर्ष गीत रिलिज भएको छ । आइतबार सार्वजनिक गीतमा यी दुई कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । रोमान्स र थ्रिलर विषयवस्तुमा बनेको फिल्म चैत १० गतेबाट प्रदर्शन हुँदैछ ।

सुरज अधिकारीको संगीत तथा रविना मगरको शब्द रचना रहेको गीतमा अञ्जु पन्त र किरण भुजेलको स्वर सुन्न सकिन्छ । पोखराका रमणीय स्थानमा खिचिएको फिल्मको सार्वजनिक गीतको भिडियोमा रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् ।

फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीलगायतको अभिनय छ । कृष्मा खड्का र इभान सञ्जेल बाल कलाकारको भूमिकामा छन् । जयनन्द लामा अभिनित अन्तिम फिल्म बताइएको यो फिल्मको सहनिर्मातामा सञ्चारकर्मी समेत रहेका सुदीप पौडेल छन् ।

रामराघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई विना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?