+
+

पुराना जहाज बेचेर नयाँ किन्ने योजनामा छौं : गुण एयरलाइन्स

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १९:११

८ फागुन, काठमाडौं । गुण एयरलाइन्सले एक वर्ष अगाडि यती एयरलाइन्ससँग खरिद गरी चलाइरहेका ५ वटा जेटस्ट्रिम (जे४१)जहाज बिक्री गर्न प्रक्रिया थालेको छ ।

सोही प्रयोजनका लागि अहिले दक्षिण अफ्रिकी पाटी नेपालमा रहेको गुण एयरलाइन्सका बजार प्रबन्धक प्रज्जवल थापाले जानकारी दिए ।

‘हामी पुराना जहाज बेचेर नयाँ किन्ने योजनामा छौं,’ थापाले भने, ‘सोही कारण ५ वटा जहाज ग्राउण्डेड गरेका छौं ।’ कम्पनीसँग ७ वटा जहाज छन् । जसमध्ये २ वटा विचक्राफ्ट जहाज भने गुणले सिम्रिकसँग किनेको हो ।

ती जहाज मेन्टिनेन्समा रहेको र आगामी साताबाटै नियमित उडाउने योजना रहेको उनले बताए । नियमित मर्मतका लागि विचक्राफ्ट समेत रोकिँदा सबै उडान बन्द गर्नु परेको उनले जानकारी दिए ।

उनका अनुसार कम्पनीले नयाँ जहाज खरिदको समेत योजना बनाइरहेको छ । ‘पुराना जहाज खरिद सम्पन्न भएपछि नयाँ जहाज खरिदको प्रक्रिया थाल्छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?