+
+

‘पठान’ले विश्वभर कमायो हजार करोड भारु, बन्यो शाहरुखको करिअरमै धेरै कमाउने फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १२:१२

काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ले विश्व बक्स अफिसमा २७ औं दिन एक हजार करोड भारुको आँकडा पार गरेको छ । सोमबार फिल्मले भारतमा हिन्दी संस्करणमा १.२० करोड भारु कमाएको छ भने अन्य भाषामा पाँच लाख भारु रुपैयाँ कमाएको छ । यससँगै ‘पठान’ले सबै भाषालाई मिलाएर घरेलु बक्स अफिसमा करिब ५१६ करोड भारु कमाएको छ ।

साथै, यो फिल्म सबैभन्दा छिटो ५०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म समेत बनेको छ । यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘दंगल’ले घरेलु बक्स अफिसमा ३७४.४३ करोड भारु कमाएको थियो । तर ‘दंगल’को यो रेकर्डलाई ‘पठान’ले धेरै अघि तोडिसकेको छ ।

‘पठान’ले पहिलो सातामै ३०० करोड भारुको आँकडा पार गरेको थियो । ओपनिङ कलेक्सन ३१८ करोड भारु थियो । यसअघि ‘केजीएफ २’को हिन्दी संस्करणले पहिलो साता सबैभन्दा धेरै कमाएको थियो भने ‘बाहुबली २’ दोस्रो स्थानमा थियो ।

रिलिजको पहिलो दिनमा ‘पठान’ले ५५ करोड भारु ओपनिङ गरेको थियो । यसअघि यो रेकर्ड ‘केजीएफ २’ को नाममा थियो, जसको हिन्दी संस्करणले पहिलो दिन ५३.९५ करोड भारु कलेक्सन ग¥यो । हलिउड फिल्म ‘एभेन्जर्स एन्डगेम’ले भारतमा ५३.३५ करोड भारु ओपनिङ गरेको थियो । ‘पठान’ले रिलिजसँगै यी सबै रेकर्ड तोडेको छ ।

पछिल्लो १० वर्षमा शाहरुखको फिल्मको कलेक्सनको कुरा गर्दा ‘चेन्नई एक्सप्रेस’ले २२७.१३ करोड भारु कमाएको थियो । ‘ह्याप्पी न्यु इयर’ले २०३ करोड भारु कमायो । फ्यानको कुल कलेक्सन ८८ करोड भारु थियो भने ‘डियर जिन्दगी’ले ६८.१६ करोड भारु कमाएको थियो । पछिल्लो दशकमा शाहरुखका फिल्मले खासै कमाउन सकेका छैनन । तर चार वर्षपछि उनी आक्रमक ढंगले बक्स अफिसमा फर्किए र कीर्तिमानलाई आफ्नो पोल्टामा पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?