+
+

‘मिनरल वाटर’ टिकटकमार्फत विश्वभर भाइरल, पूर्वी एसियादेखि ल्याटिन अमेरिकासम्म गीतको क्रेज

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १२:३६

केटा : मिनरल वाटर

म त खान्न क्वाटर

तिम्रो लागि सुहाउने म हुँ बेटर

केटी : खाँदा मीठो तारेको पापड

मोही चाहिं होइन

खाउला दुई झापड

मिनरल वाटर भन्दै खान्छौं क्वाटर

मेरो लागि तिमी त छैनौ बेटर

दुई वर्षअघि रिलिज भएको एलिना चौहान, रचना रिमाल, भीम बिष्ट र जिवेश गुरुङले गाएको नेपाली गीत ‘मिनरल वाटर’ अहिले अन्तर्राष्ट्रिय रुपमै भाइरल बनेको छ । विदेशी मुलुकका टिकटक प्रयोगकर्ताले समेत यो गीतको क्लिपमा भिडियो बनाउँदै व्यापक सेयर गरिरहेका छन् ।

अहिले आएर गीत भाइरल हुनुमा अरु कारणले होइन, हालै कैलालीको टीकापुरमा आयोजित महोत्सवमा गायिका चौहानले यो गीत गाउँदा मन्त्रमुग्ध दर्शकले गरेको हाउभाउ र शैलीको कारण एकाएक गीत भाइरल बनेको हो । एलिनाले प्रस्तुति दिंदा बारमा उभिएकी एक दर्शकले मुखाकृतिको माध्यमबाट अनौठो प्रतिक्रिया दिएकी थिइन् जसलाई निकै रुचाइयो ।

रुस, स्पेन, इण्डोनेसिया, थाइल्याण्ड, कम्बोडिया, मलेसिया, बंगलादेश, सुडान, इथियोपियासहित केही पूर्वी एसियाली मुलुक र ल्याटिन अमेरिकी मुलुकका टिकटक प्रयोगकर्ताले यो गीतमा ‘ड्वेट’ गर्दै भिडियो बनाएका छन् । कतिपयले मिनरल वाटर पानीको ब्राण्डको भिडियोमा यो गीतमा टिकटक बनाएका छन् । पछिल्लो समय विश्व संगीतमा दबदबा जमाइरहेको चिनियाँ भिडियो साझेदारी एप टिकटकको लोकप्रियता नेपालमा समेत बढिरहेको छ ।

@alomda_haj_alsafi mineral water 🤣 sudan بالسوداني#العمدة_حاج_الصافي ♬ เสียงต้นฉบับ – one minute by yuth

एलिनाले टीकापुर महोत्सवमा दिएको सांगीतिक प्रस्तुतिको सन्दर्भको भिडियो भाइरल हुनुपछाडि केही कारण छन् । पहिलो- यो गीतको लय, शब्द र संगीत मुखमै झुण्डिने शैलीको छ । दोस्रो- ती दर्शकको हाउभाउले संगीतप्रति क्रेजी हुने फ्यानको मुडलाई प्रस्तुत गर्छ । तेस्रो- अंग्रेजी शब्द ‘मिनरल वाटर’ भएकाले अन्तर्राष्ट्रिय रुपमै सबैले बुझ्न सजिलो हुने नै भयो ।

गीतको भिडियोमा एक मलेसियाली प्रयोगकर्ता लेख्छन्, ‘यो गीतले अहिले मलेसियाको बजार पिटिरहेको छ किनभने गुलाबी रङको पहिरन लगाउने केटीको कारण ।’ उनको यो कमेन्ट गायिका एलिनातर्फ लक्षित छ किनभने गीतमा समेत उनले सोही रङको पहिरन लगाएर अभिनय गरेकी छन् । कतिपय प्रयोगकर्ताले गीतको शब्दलाई अंग्रेजीमा अनुवाद गरेर सेयर गरिरहेका छन् ।

@gwmsukhothai ตอบกลับ @browny2530 ภาคต่อคอนเสิร์ต #mineralwater #eleenachauhan #iamgwmsukhothai #gwmสุโขทัย ♬ เสียงต้นฉบับ – GWMสุโขทัย

संगीतको सीमा हुँदैन भन्ने भनाइलाई समेत यो गीत भाइरल हुनुले चरितार्थ गर्छ । भीम बिष्टको शब्द तथा संगीत रहेको यो गीत दुई वर्षअघि रिलिज भएको हो । गीतलाई अहिलेसम्म युट्युबमा साढे दुई करोड पटक हेरिएको छ । टिकटकमा भाइरल बनेपछि युट्युबमा गीतको भ्युज समेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?