+
+

चन्द्र भण्डारीको अवस्थामा सुधार, मुखबाटै खाना खुवाउन थालियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १२:४१

१० फागुन, काठमाडौं । मुम्बईको नेशनल बर्न्स सेन्टरमा उपचाररत सांसद चन्द्र भण्डारीलाई बुधबारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ ।

यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा बुधबारदेखि भने मुखबाटै खाना खुवाइने सांसद भण्डारीसँगै रहेका योगराज कँडेलले जानकारी दिए ।

३ फागुनको राति घरमा ग्यास चुहिएर आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएकी थिइन्। हरिकलाको उपचारका क्रममा ४ फागुनमा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो ।

सांसद भण्डारीलाई भने ४ फागुनमा थप उपचारका लागि मुम्बई लगिएको थियो । मुम्बईको नेशनल बर्न्स सेन्टरमा भण्डारीलाई दिइएको अक्सिजनको मात्रा पनि घटाइएको छ । यसअघि ८ लिटर अक्सिजन  दिइएकामा बुधबार विहान ७ बजेदेखि ६ लिटरमा झारिएको छ ।

एन्टिबायोटिकले काम गरेकाले अहिले इन्फेक्सन न्यून भएको र ज्वरो नआएको कारण डराउनु पर्ने अवस्था नरहेको भण्डारीको उपचारमा संलग्न चिकित्सक डा. मुकेश मिश्राले बताए ।

चिकित्सकहरुले अबको काम भनेको इन्फेक्सनबाट बचाउने मात्र भएको बताउने गरेका कँडेलले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?