+
+

शासकीय स्वरुपमा पुनर्विचार आवश्यक : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १४:२०

१० फागुन, बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालले अवलम्वन गरेको शासकीय स्वरुपमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।

उनले राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापनाको डेढ दशक पुगेपनि नागरिकको अवस्थामा परिवर्तन नआएकाले शासकीय स्वरुपसंगै राजनीतिक प्रणाली र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने बताए ।

‘व्यवस्था परिवर्तन भए तर दलहरुको चरित्र पुरानै छ, राजनीतिक अस्थिरता उस्तै छ’–उनले भने–‘दलहरु सत्ता स्वार्थ भन्दा माथि उठ्न सकेका छैनन्,चुनाव अघि एउटासंग गठबन्धन, चुनावपछि अर्कोसंग मिलेर सरकार, यसको अन्त्यका लागि शासकीय स्वरुप परिवर्तन हुनुपर्छ ।’

नेकपा एमाले र नेपाली कांग्रेस नेतृत्वको दुबै गठबन्धन अस्वभाविक र अपवित्र भएको थापाले आरोप लगाए । राजनीतिक दलहरूमा अराजनीतिक र मर्यादाहीन प्रवृत्ति देखिएको बताउँदै दलहरूको अस्थीरताको कारणले देशको एकता र संविधान नै धरापमा परेको उल्लेख गरे ।

प्रजातन्त्र दिवसका दिनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको सन्देश दोहोरो प्रकृतिको देखिएको बताउँदै सहकार्यको प्रस्ताव सकारात्मक रहेको तर मौन बस्दिन भन्ने कुराले द्वन्द्व सिर्जना गर्नेतर्फ संकेत गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?