+
+

धनगढीमा ९ किलो चरेससहित तीन जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १५:०३

१० फागुन, कैलाली । कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया पुन रहेका सशस्त्र प्रहरीका डीएसपी एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

धनगढी उपमहानगरपालिका १४ एचगाँउ स्याउले घाटस्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरी बल नेपाल बीओपी फुलवारीले उनीहरुलाई पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँज गर्दा उनीहरुको साथमा ९ किलो चरेस फेला परेको थियो ।

उनीहरुलाई बरामद चरेससहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाएको डीएसपी थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?