+
+

फिल्म ‘बिहेपास’ टिजर : युवतीको मन जित्न लोकसेवा पास गर्ने कसमको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १५:११

काठमाडौं । दयाहाङ राई र प्रकृति श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘बिहे पास’को आधिकारिक टिजर सार्वजनिक भएको छ । विवाहको लागि युवतीको मन जित्न प्रमुख पात्रले बुन्ने योजना र त्यसबारे यथार्थ खुलेपछि सम्बन्धमा आउने उतारचढाव यसको केन्द्रीय कथावस्तु हो ।

फिल्ममा दयाहाङले सीआईबी अफिसरको भूमिका निर्वाह गरेका छन् । प्रेमकथामा आधारित यो फिल्ममा पहिलोपटक दयाहाङ र प्रकृतिले स्क्रिन सेयर गरेका हुन् । विवाहपछि पतिसँगै अष्ट्रेलिया लागेकी प्रकृति लामो समय फिल्मबाट टाढिइन् । उनको पछिल्लो फिल्म ‘उत्सव’ नौ वर्षअघि रिलिज भएको थियो । उनको डेब्यु फिल्म ‘होस्टेल’ थियो । दयाहाङको पछिल्लो फिल्म ‘फूलबारी’ अहिले प्रदर्शन भइरहेको छ ।

प्रवेश पौडेल निर्देशित यो फिल्म वैशाख १ गते प्रदर्शन हुँदैछ । फिल्ममा शिशिर बाङ्देल, बुद्धि तामाङ र रविन्द्र झाको पनि अभिनय छ । रोजन श्रेष्ठले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?