+
+

विर्तामोड औद्योगिक महोत्सव : अटोमोबाइल्समा उपभोक्तको आकर्षण

स्टलबाटै ४३ लाखको कार बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १७:५५

काठमाडौं । झापाको विर्तामोडमाा सञ्चालित विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा अटोमोबाइल्स तर्फ पनि अवलोकनकर्ताहरुको ध्यान खिचिएको पाइएको छ । बुधबार दिउँसो महोत्सव अवलोकन गर्न पुगेका कनकाई नगरपाालिका निवासी त्रिलोचन उप्रेतीले नेक्सन इभिएक्कस जेठ लक्स कार खरिद गरेका छन् । कारको बजार मूल्य ४२ लाख ९९ हजार रहेको अल्सका अटो मोबाइल्स प्रालिका सेल्स म्यानेजर एजन न्यौपाानेले जानकारी दिए ।

उप्रेतीले खरिद गरेको उक्त विद्युतीय कार एक पटक चार्ज गरेपछि २५० किलोमिटरसम्म सञ्चालन गर्न सकिने जनाइएको छ । महोत्सवस्थलमै आयोजित एक संक्षिप्त कार्यक्रममा महोत्सव आयोजक समितिका संयाोजक राजु न्यौपाने र विर्तामोड उद्योग वााणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले सवारी साधनको साँचो खरिद कर्ता उप्रेतीलाई हस्तान्तरण गरे ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि निरन्तर बढी रहेका बेला उपभोक्तको आकर्षण विद्युतीय सवारी साधन तर्फ केन्द्रित हुँदै गएको छ । महोत्सवस्थलमा विद्युतीय साइकल, स्कुटर, लगायतका सवारी साधनका स्टल राखिएका छन् ।

कोमाकी कम्पनीका विद्युतिय स्कुटरको स्टलबाट ६ वटा सवारी बुक भइसकेको बताइएको छ । महोत्सव अवधिभर ५० वटा सवारी बिक्री गर्ने लक्ष्य राखेको कम्पनीका प्रतिनिधिले बताए । महोत्सवकै अवधिमा खरिद गर्नेलाई १९ हजाार रुपैयाँ छुटको समेत अफर रहेको छ ।

त्यस्तै होण्डा, यामाहा, साोनालिका, टीभएस, पल्सर ब्राण्डका सवारी साधनको स्टलमा अवलाोकन कर्ताहरुको उल्लेख्य उपस्थिति र चासो रहेको कम्पनीका प्रतिनिधिहरुले बतााए । त्यस्तै विद्युतीय साइकल तर्फ पनि उपभोक्ताको आकर्षणा बढेको पाइएको छ ।

गत ५ फागुनदेखि सुरु भएको महोत्सव ११ दिनसम्म सञ्चालन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?