+
+

राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्रीले भेट्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १२:१३

११ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीसँग भेट्दैछन् ।

दिउँसो साढे १ बजेका लागि भेटवार्ताको समय तोकिएको छ ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यसै साता सम्पन्न त्रिकोणात्मक शृंखला नेपालले क्लिन स्वीप गरेको थियो । यसले नेपालको एकदिवशीय मान्यता कायम रहने सम्भावना प्रवल बनाएको थियो ।

नेपाली टिम अर्को शृंखलाका लागि शनिबार युएई जाँदैछ । जहाँ नेपालले १५–२२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?