+
+

पहिलो नेपाली रक गायक माइक खड्काको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १२:३७

काठमाडौं । नेपालका पहिलो रक गायक माइक खड्काको ६९ वर्षको उमेरमा बिहीबार ललितपुर पुल्चोकस्थित निवासमा निधन भएको छ । खड्काको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिंनेछ । वास्तविक नाम मुकुन्दकुमार खड्का भएपनि उनको स्टेज नाम चाहिं माइक खड्का हो ।

निर्देशक तथा रेडियोकर्मी प्रकाश सायमीले खड्काको निधनबाट नेपाली संगीत क्षेत्रलाई क्षति पुगेको बताएका छन् । खड्कालाई नेपालको एल्भिस प्रिस्ले भनिने गरिएको जानकारी समेत उनले दिए । नेपाली, हिन्दी र अंग्रेजी संगीतका ज्ञाता समेत रहेका खड्काले विधिवत् रुपमा शास्त्रीय गायक रंगराव कादम्बरीबाट संगीत सिकेका थिए ।

गायक ओमविक्रम विष्ट, अरुण थापा र दिव्य खालिङसँग उनले सहकार्य गरेका थिए । केही अंग्रेजी गीतको रेकर्ड गराएपनि उनले एल्बम भने सार्वजनिक गर्न पाएनन् । मुलुकको पुरानो सांगीतिक ब्याण्ड मानिने फ्रिडमसँग पनि उनले सहकार्य गरेका थिए ।

पछिल्लो समय उनी संगीतसम्बन्धी पुस्तक लेखनको तयारीमा थिए । उनी क्लासिक एफएमका निर्देशक समेत थिए । सोही एफएममा उनले कार्यक्रम पनि चलाउँदै आएका थिए । स्वर्गीय खड्काका पत्नी र एक छोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?