+
+
Shares

आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १३:२०

११ फागुन, काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ११ फागुन बिहीबारदेखि सर्वसाधारण लगानीकर्तालाई आईपीओ निष्कानस खुला गरेको हो ।

लघुवित्तले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर सर्वाजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसमध्ये २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरी बाँडफाँट गरिसकेको छ । यस्तै ३ हजार ११७ कित्ता सेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरको लागि सर्वसाधारण लगानीकर्ताबाट आवेदन माग गरेको कम्पनीले प्रकाशित गरेको आह्वानपत्रमा उल्लेख छ ।

लघुवित्तको आईपीओमा फागुन छिटोमा १५ फागुनसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि २५ फागुनसम्म थप हुनेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

आईपीओ निष्कासनका लागि लघुवित्तले गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका साथै मरो सेयर खाता मार्फत आवेदन दिन सक्नेछन्।

गत आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ ५५६ रुपैयाँ ५९ पैसा र प्रतिसेयर आम्दानी १८५ रुपैयाँ ४३ पैसा रहेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?