+
+

रामोसले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते ८:२७

१२ फागुन, काठमाडौं । स्पेनका लागि सर्वाधिक खेल खेलेका पूर्व कप्तान सर्जियो रामोसले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । ३६ वर्षीय रामोसले बिहीबार सामाजिक सन्जालमा वक्तव्य सार्वजनिक गर्दै सन्यासको घोषणा गरेका हुन् ।

हाल फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्दै आएका डिफेन्डर रामोसले स्पेनका लागि सर्वाधिक १८० खेल खेलेका छन् । जसमा उनले २३ गोल समेत गरेका छन् ।

रामोसले स्पेनका लागि एक विश्वकप र दुई युरोकप समेत जितेका छन् । सन् २००८ र २०१२ को युरो तथा २०१० को विश्वकप जित्दा स्पेनी टिममा रहेका रामोस पछिल्लो पटक कतारमा भएको विश्वकपमा भने टोलीमा अटाएनन् । उनले २०२१ मार्चदेखि स्पेनका लागि खेलेका थिएनन् ।

रामोसले सन्यासका लागि अब समय आएको बताएका छन् । स्पेनका प्रशिक्षक डे ला पुएन्टेले सम्पर्क गरेर आफ्नो योजनामा नरहेको बताएपछि रामोसले सन्यास लिने निर्णयमा पुगेको जनाएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?