+
+

बहुमत केन्द्रीय सदस्यले मागे एन्फा महासचिव र कोषाध्यक्षकाे बर्खास्ती

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १७:३०

१२ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आन्तरिक राजनीति नयाँ मोडमा पुगेको छ । बहुमत केन्द्रीय सदस्यले आसन्न कार्यसमिति बैठकमा महासचिव र कोषाध्यक्ष बर्खास्तीको एजेण्डा समावेश हुनुपर्ने मागसहित हस्ताक्षर संकलन गरेका छन् ।

एन्फाको केन्द्रीय कार्यसमिति वैठक १७ फागुनमा बस्दैछ । त्यसका लागि सदस्यहरुलाई एजेण्डा पठाइएको थियो । सदस्यहरुले आफैंले नियुक्त गरेका मुख्य पदाधिकारीहरुलाई बर्खास्त गरिनुपर्नेलगायतका ६ वटा विषय एजेण्डामा समावेश हुनुपर्ने माग गरेका छन् ।

एन्फाको विधानअनुसार महासचिव र कोषाध्यक्ष कार्यसमितिले मनोनयन गर्नेछन् । गत असारमा पंकजविक्रम नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएलगत्तै पहिलो वैठकले महासचिवमा किरण राई र कोषाध्यक्षमा रविन्द्र जोशीलाई नियुक्त गरेको थियो ।

थप गर्न माग गरिएको एजेण्डामा फिफा विश्वकप २०२२ मा अनधिकृत टिकट वितरण गरिएको, एएफसीको विभिन्न समितिमा नाम सिफारिस गर्ने, उमेर समूह र सिनियर राष्ट्रिय टिम –महिला÷पुरुष)का खेलाडीलाई घोषित पुरस्कार वितरण गर्नुपर्ने, विधानको धारा ३८ बमोजिम महासचिव र कोषाध्यक्ष बर्खास्त गर्ने, इन्टिग्रिटी चेकलगायतका विषय छन् ।

उपाध्यक्षद्वय विराटजंग शाही र दीपक खतिवडा तथा सदस्यहरु रुपेश अधिकारी, रविन्द्र चन्द, पेमा डोल्मा लामा, रमेश ब्यन्जनकार, महेन्ख्र क्षेत्री र सरिला श्रेष्ठले हस्ताक्षर गरेको मागपत्रमा माथिका सहित भक्तपुर जिल्ला र सिन्धुली जिल्ला फुटबल संघको बारेमा निर्णय गर्न पनि भनिएको छ । पाँचवटा मागमा हस्ताक्षर गर्नेहरुमा उपाध्यक्ष दीर्घबहादुर केसी, सदस्यहरु भरत बुढा, मनिष जोशी र भोजराज शाही छन् ।

एन्फामा २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा तीनजना उपाधक्षसहित १२ जनाले संयुक्त हस्ताक्षरसहित प्रमुख नियुक्ति बर्खास्त गर्न माथ गरेपछि नेतृत्व दवावमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?