+
+

संसदमा उपत्यका विकास प्राधिकरण खारेजीको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १६:५८

१२ फागुन, काठमाडौं । उपत्यका विकास प्राधिकरण खारेजीको माग उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले उपत्यका विकास प्राधिकरण खारेजीको माग गरेका हुन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा अनुगमन तथा मूल्यांकन विधेयक २०७८ माथिको छलफलमा आफ्नो धारणा राख्दै सांसद श्रेष्ठले प्रश्न गरे, ‘प्राधिकरणको औचित्य के हो ? म खारेजीको माग गर्दछु । यो संस्थाले राज्यलाई भार मात्रै भएको छ । यसको नाम उपत्यका उपत्यका विकास होइन, विनाश प्राधिकरण हुनुपर्ने हो ।’

उनले प्राधिकरण भ्रष्ट्राचारको जरो भएको भन्दै काम पनि गर्न नसक्ने कारबाही पनि गर्न नसक्ने अवस्थामा रहेको बताए । ‘प्राधिकरणले जहाँ छोए, त्यहीं बिग्रेको छ, यो चाहिंदैन’ श्रेष्ठले भने ।

उनले सबैभन्दा धेरै भ्रष्ट्राचार स्थानीय तहमा हुने भएको तथ्यांक आएको भन्दै अनुगमन र मूल्यांकन पनि स्थानीय सरकारमा बलियो हुनुपर्ने बताए । जननिर्वाचित कार्यकारी प्रमुख हुने तर प्रतिपक्ष नहुँदा भ्रष्ट्रचार मौलाएको भन्दै अनुगमनमा दण्ड र पुरस्कार दुवैको व्यवस्था हुनुपर्ने श्रेष्ठले माग गरेका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाको दोस्रो नगरसभा बैठकमा पनि प्राधिकरण खारेजीको माग उठेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?