+
+
Shares

पुराना संरचनाले भार थेग्न नसक्दा पटक पटक बिजुली गएको हो : ऊर्जामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री विराजभक्त श्रेष्ठले पुराना विद्युत संरचनाका कारण पटक पटक बिजुली जाने समस्या भइरहेको स्पष्टीकरण दिएका छन् ।
  • आर्थिक वर्ष २०८२/८३ मा नेपालले विद्युत निर्यातबाट २९ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको मन्त्री श्रेष्ठले जानकारी दिएका छन् ।
  • विद्युत वितरण र प्रसारण प्रणालीमा देखिएका समस्या समाधान गर्न सरकारले समिति गठन गरी प्रतिवेदन कार्यान्वयनका लागि प्राधिकरणलाई निर्देशन दिएको छ ।

२ भदौ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्री विराजभक्त श्रेष्ठले नेपालमा विद्युतका पुराना संरचना रहेकाले पटक पटक बिजुली जाने गरेको स्पष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले अब विद्युत संरचना सुधार र सुदढीकरणलाई प्राथमिकता दिएको बताए ।

सरकारसँगको समन्वयमा नेपाल विद्युत् प्राधिकरणले प्राथिमकताका साथ वितरण प्रणालीमा काम गरेको उनले बताए । सोही अनुसार विद्युत् मर्मतसम्बन्धी सार्वजनिक सूचना जारी गरेर काम गर्ने गरेको उनको भनाइ छ ।

आर्थिक वर्ष २०८२/८३ मा विद्युत् निर्यातबाट २९ अर्ब ३२ करोड आम्दानी भएको जानकारी दिए । नेपालका अधिकांश आयोजना नदी प्रणालीमा आधारित रहेको र वर्षायाममा नदीको पानी बढ्दा उत्पादन बढ्ने भएकाले खेर जाने बिजुली मात्र अहिले निर्यात भइरहेको बताए । उनका अनुसार गत आवमा नेपालले १० अर्ब ५५ करोड बराबरको विद्युत आयात गरेको थियो । अहिले विद्युत उत्पादन चुनौती नरहेको तर वितरण र प्रसारण मुख्य चुनौतीको रुपमा रहेको उनले औंल्याए ।

देशका विभिन्न स्थानमा भोल्टेजको उतारचढावबारे अध्ययन गर्न समिति गठन गरेको र देशका विभिन्न क्षेत्रमा ट्रिपिङ समस्याबारे बुझेर समितिले प्रतिवेदन दिइसकेको उनले जानकारी दिए ।

सो प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणलाई निर्देशन दिइएको उनको भनाइ छ । अहिले आन्तरिक खपतमा तीव्र वृद्धि भइरहेको भन्दै उनले पुराना र न्यून क्षमताका संरचनाले भार थेग्न नसक्दा पटक पटक बिजुली जाने गरेको समस्या विद्यमान रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?