 
																			१३ फागुन, हेटौंडा । बागमती प्रदेश सभाले फागुन १० गते संसदमा पेश भएको कर्मचारी सम्बन्धी दुईवटा अध्यादेशको प्रतिस्थापन विधेयकमाथि दफावार छलफल गर्न र प्रतिवेदन पेश गर्न १५ सदस्यीय विधेयक व्यवस्थापन विशेष समिति गठन गरेको छ ।
शनिबार साँझ बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सभामुख भुवन प्रसाद पाठकले दलीय सहमतिको आधारमा विधेयक व्यवस्थापन विशेष समिति गठन गरिएको सदनलाई जानकारी गराएका थिए ।
प्रदेश निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फागुन १८ गतेभित्र पारित गर्नुपर्ने कानूनी बाध्यता भएकोले विधेयकहरुमाथि दफाबार छलफल गरी सभासमक्ष प्रतिवेदन पेश गर्न १५ जना प्रदेश सभा सदस्य रहेको विधेयक व्यवस्थापन समिति गठन गरिएको सभामुख पाठकले बताए ।
समितिमा प्रदेश सभा सदस्यहरु आशा लामा, उद्धब थापा, कुन्दनराज काफ्ले, छिरिङ दोर्जे लामा, जयराम थापा, डा.दिनेशचन्द्र देवकोटा, प्रकाश श्रेष्ठ, रामकृष्ण चित्रकार, रत्नप्रसाद ढकाल, राधिका तामाङ, बसन्तप्रसाद मानन्धर, शैलेन्द्रमान बज्राचार्य, मधुसुदन पौडेल, सिर्जना सायजु र सुरेन्द्रराज गोसाई रहेका छन् ।
यो समितिले दफावार छलफल गरी प्राप्त संशोधन प्रस्तावमाथी समेत छलफल गरेर तयार पारेको प्रतिवेदन सभामुख समक्ष आउँदो फागुन १८ गतेभित्र पेश गर्नुपर्ने सिमा तोकिएको छ । समितिले सभामुखको निर्देशनमा रही आफ्नो कार्यविधि आफैंले निर्धारण गर्ने व्यवस्था गरिएको छ भने संयोजक तोक्ने जिम्मेवारी समितिका सदस्यहरुलाई दिइएको छ । समितिले आवश्यकता अनुसार विशेषज्ञ आमन्त्रण गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4