+
+

‘परस्त्री’ असार १५ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १५:१९

काठमाडौं । डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको फिल्म ‘परस्त्री’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । सुरज पाण्डेको डेब्यु निर्देशन रहेको यो फिल्म असार १५ गते प्रदर्शन हुने भएको छ ।

यो फिल्म निर्माणमा ‘पशुपतिप्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के खनाल र ‘आमा’ फेम्ड निर्मात्री शर्मिला पाण्डेले सहकार्य गरेका छन् । नेपाली र हिन्दी भाषामा निर्माण भएको फिल्ममा कोशिश क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिशा क्षेत्री र आशान्त शर्माको अभिनय छ ।

विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा बनेको फिल्मलाई सोसल तथा फेमिली ड्रामा जनरामा राखिएको छ । निर्देशक पाण्डेले अर्को एक फिल्म निर्देशनको समेत गृहकार्य गरिरहेका छन् । प्राविधिक कार्य पूरा नभएको भन्दै फिल्मले आगामी वर्षमा प्रदर्शन मिति तय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?