+
+

सर्वोच्चमा सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १७:०३

१४ फागुन, काठमाडौं । सन्दीप लामिछानेको मुद्दा सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

नाबालिग बलात्कार मुद्दाका आरोपित सन्दीपलाई उच्च अदालतले धरौटीमा छाडेपछि उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन दिएको थियो । त्यस्तै सन्दीप लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएका थिए ।

दुवै मुद्दामा आइतबार न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ भएको थियो । तर सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा रहेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

अब यो मुद्दामा यही इजलासमा सोमबार सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?