+

आर्मी सडेन डेथको शिकार, सातदोबाटो केपी ओली कपको फाइनलमा

२०७९ फागुन  १५ गते १२:२१ २०७९ फागुन १५ गते १२:२१
आर्मी सडेन डेथको शिकार, सातदोबाटो केपी ओली कपको फाइनलमा

१५ फागुन, काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई सडेन डेथमा पराजित गर्दै सातदोबाटो युवा क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा भएको छ ।

वर्षाका कारण हिजो आइतबार बीचमै रोकिएर आज भएको खेलमा सातदोबाटोले त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराएको हो ।

आइतबार पूरा नभएको खेलको दोस्रो हाफ आज खेलाइएको हो ।

आज भएको दोस्रो हाफको खेलमा पनि कुनै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । पहिलो पेनाल्टीमा दुवै टिमका गोलरक्षकले १/१ गोल रोकेपछि ४–४ बराबरी भएको थियो ।

सातौं पेनाल्टी प्रहार गर्न आएका त्रिभुवन आर्मी क्लबका सुदिल राईको बल अभिषेक बरालले बचाउ गर्दै सातदोबाटो युथ क्लबलाई फाइनल प्रवेश गराएका हुन् ।

सातदोबाटोले उपाधिका लागि आयोजक केपी ओली फुटबल क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्ने छ । यी दुई बीचको खेल आज सोमबार दिउँसो ३ बजे एन्फा कम्लेक्स सातदोबाटोमा नै हुने छ । फाइनल खेल फागुन १७ मा दशरथ रंगशालामा हुनेछ ।

केपी ‌ओली कप फुटबल सातदोबाटो युथ क्लब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय