+
+

विभिन्न ठेक्कामा अर्थले दियो ६३ अर्ब थप स्रोत सहमति, सबैभन्दा धेरै मल खरिदमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १५:०९

१५ फागुन, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ७ महिनाको अवधिमा अर्थ मन्त्रालयले विभिन्न बहुवर्षीय ठेक्काहरुलाई ६३ अर्ब रुपैयाँ भन्दा बढीको थप स्रोत सहमति प्रदान गरेको छ । मन्त्रालयका अुनसार माघ मसान्तसम्म ६३ अर्ब १ करोड रुपैयाँ बराबरको बहुवर्षीय ठेक्कालाई स्रोत सहमति र बजेटसँग सम्बन्धित अन्य सहमति दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार माघ महिनामा मात्र रासायनिक मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई १५ अर्ब २३ करोड रुपैयाँको स्रोत सुनिश्चितता दिइएको छ ।

पुस महिनामा सशस्त्र प्रहरीलाई पोशाक खरिद, १०१ स्थानमा बीओपी स्थापना गर्न स्रोत सहमति दिइएको छ । त्रिशूली बजारमा ढल निर्माण तथा प्रशोधन, सर्लाहीमा घाँसेबाली भवन निर्माण, गुल्मीको रुरु क्षेत्र बलेटक्सारबाट धोबीघाट हुँदै रिमुवा छापाटोल चक्रपथको स्तरोन्नती गर्न समेत स्रोत सुनिश्चितता दिइएको छ । यस महिनामा मात्र २ अर्ब ६० करोड रुपैयाँको स्रोत तथा बजेट सहमति दिइएको छ । मंसिर महिनामा सडक आयोजनाहरुमा बढी रकमको स्रोत सुनिश्चितता दिइएको छ । यस महिनामा ४ अर्ब ५ करोड रुपैयाँको स्रोत सुनिश्चित गरिएको छ ।

कात्तिकमा अन्तशुल्क छपाइसहित विभिन्न सडक आयोजनामा स्रोत सहमति दिइएको छ । यस महिनामा मात्र १३ अर्ब ३० करोडको स्रोत सहमति दिइएको मन्त्रालयले जनाएको छ । असोजमा गोठाटारमा वृद्धाश्रम निर्माणमा ४५ करोडसहित कुल १० अर्ब ४६ करोड रुपैयाँको स्रोत सहमति दिइएको छ । भदौमा ९५ करोड ४८ लाख र साउनमा १६ अर्ब ४० करोड रुपैयाँ स्रोत सहमति दिएको अर्थले जनाएको छ । यस महिनामा सबैभन्दा धेरै रासायनिक मल खरिद गर्न सहमति दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?