+
+

आईएमई पे र नेपाल एयरलाइन्सबीच भुक्तानीसम्बन्धी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १७:४०

काठमाडौं । आईएमई पे र नेपाल एयरलाइनसबीच भुक्तानीसम्बन्धी विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकवर्गहरुले नेपाल एयरलाइन्सको वेबसाइटबाट टिकट बुकिङ गर्दा आईएमई पे मार्फत भुक्तानी गर्न सकिनेछ ।

नेपाल एयरलाइन्सको वेबसाइट भिजिट गरी आफ्नो आवश्यकता अनुरुपको गन्तव्य स्थान, मिति, मागिएको विवरण भरेर टिकट बुकिङको सजिलै भुक्तानी गर्न सकिने छ ।

ग्राहकवर्गलाई भुक्तानी प्रक्रिया सहज पार्न र साथै विद्युतीय भुक्तानीलाई अबल पार्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?