+
+

मापदण्डका आधारमा मन्त्री पठाउन देउवा सकारात्मक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १२:२२

१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारमा पठाउने मन्त्रीहरुको मापदण्ड बनाउन सकारात्मक देखिएका छन् ।

सभापति देउवालाई मंगलबार भेट्न पुगेका केन्द्रीय सदस्य प्रकाश स्नेहीले मापदण्ड बनाएर मात्रै मन्त्री बनाउनुपर्ने सुझाव देउवालाई दिएका थिए । प्रतिउत्तरमा देउवाले मापदण्ड बनाउन आफू सकारात्मक रहेको सभापतिले बताएको स्नेहीले बताए ।

सभापति देउवाको बोली उद्धृत गर्दै स्नेहीले भने, ‘ठीक छ, उपसभापति र महामन्त्रीहरुसँग सल्लाह गर्छु ।’

पार्टीमा गुट नभनि क्षमताको आधारमा मन्त्री बनाउन आफुले सुझाव दिएको स्नेहीले बताए ।

सरकारमा सहभागी हुने मन्त्रीहरुले हरेक तीन महिनामा सुधारका कामहरू सार्वजनिक गर्नुपर्ने मापदण्ड बनाउन सभापतिलाई सुझाव दिएको उनले बताए । ‘जनताका समस्या समाधान गर्न मन्त्रीले के के गरे ? नीतिगत तहमा के सुधार गरे ?’ सभापतिलाई दिएको सुझाव बारे स्नेहीले भने, ‘मन्त्रीका कामको मूल्याकन र अनुगमन गर्न उच्च स्तरीय संयन्त्र बनाउन सभापतिलाई राय दिएको छु । सभापति सकारात्मक हुनुहन्छ ।’

नयाँ अनुहार, समावेशीता, भिजन प्रस्तुत गर्ने सक्ने सांसदलाई प्राथमिकता दिन आफूले आग्रह गरेको स्नेहीले सुनाए ।

सभापति देउवाले राष्ट्रपति चुनाव अघि पार्टीबाट सरकारमा मन्त्री सहभागी नहुने संकेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?