+
+

उद्योगमन्त्रीबाट राजीनामा दिएका भण्डारीको दाबी : ४२ दिनमा ६ काम गरें

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १२:५९
दामोदर भण्डारी/फाइल तस्वीर

१६ फागुन, काठामाडौं । सोमबार राजीनामा दिएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफ्नो छोटो कार्याकालमा पनि उल्लेखनीय काम गरेको दाबी गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै भण्डारीको सचिवालयले ४२ दिनको कार्यभार सम्हाल्दा ६ वटा मुख्य दीर्घकालीन महत्वको काम सुरु गरेको दाबी गरेको छ । ११ पुसमा विना विभागीय मन्त्रीको रुपमा प्रचण्ड सरकारको मन्त्री नियुक्त भएका भण्डारीले त्यसको २२ दिनपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी पाएका थिए ।

त्यसयताको ४२ दिनमा उनले व्यापार घाटा न्यूनिकरणको पहल गरेको, टिमुरे सुख्खा बन्दरगाह निर्माणलाई गति दिएको, उद्योग र औद्योगिक क्षेत्र अनुगमन, निरीक्षणलाई प्राथमिकता दिएको उनको सचिवालयले जनाएको छ । यस्तै पुराना रोकिएका काम सञ्चालनमा ल्याइएको, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न सबै निकायलाई परिपत्र गरेको र गहुँको मूल्य निर्धारण गरेको भण्डारीको सचिवालयको दाबी छ ।

मन्त्री भण्डारीले धौवादी फलाम उद्योग लगायत अन्य ३ वटा सिमेन्ट उद्योग सम्म पुग्ने पहुँच मार्गका लागि ९ करोड ६७ लाख रकमान्तर गरी निकासा गरिएको, २० वटा औद्योगिक ग्रामका लागि थप रकम निकासा गर्न पहल गरेको पनि सचिवालयको दाबी छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी यस पटक ६४ दिनका लागि मात्रै मन्त्री बने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?