+
+

तनहुँका मदन घिमिरेको शव मस्याङ्दी नदीमा भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १६:३०

१६ फागुन, तनहुँ । तनहुँको आबुखैरेनी गाउँपालिका ४ स्थित मर्स्याङदी नदीबाट सशस्त्र प्रहरीको गोताखोरले एक जनाको शव निकालेको छ ।

फागनु १२ गतेदेखि बेपत्ता भएका आँबुखैरेनी गाउँपालिका ३ बस्ने ३६ वर्षीय मदन घिमिरेको शव फेला परेको सशस्त्र प्रहरीका डीएसपी एवम्  सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

उनले प्रयोग गरेको स्कुटर तनहुँ जिल्लाको आबुखैरेनी गाउँपालिका डम्पिङस्थित नदीको किनारामा रोकी राखेको अवस्थामा फेला परेपछि उनी नदीमा हराएको आशंका गरिएको थियो ।

त्यसबारेमा जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको टोलीले खोजी गर्दा उनको शव झोलुङ्गे पुल मुनि पानिभित्र फेला पारी बाहिर निकालेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?