+
+

उद्योगको फोहोर सिर्सिया नदीमा फाल्ने ट्याक्टर चालकलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १४:१०

१६ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले उद्योगबाट निस्केको छायी (खरानी) सिर्सिया नदीमा फाल्ने ३ वटा ट्याक्टर चालकलाई कारबाही गरेको छ । प्रदेश २–०३–००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ नम्बरको ट्याक्टर चालकलाई कारबाही गरिएको महानगरले जनाएको छ ।

वीरगञ्ज–२१ मा सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा ३ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर चालकलाई कारबाही गरिएको सरसफाइ व्यवस्थापन महाशाखाका अधिकृत सरफुदिन मियाँले जानकारी दिए । पहिलो पटक भएकोले १/१ हजार रुपैयाँ जरिवाना गरिएको उनको भनाइ छ ।

महानगरले सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि अभियान नै सञ्चालन गरेको छ । नदीमा प्रदूषण गर्नेलाई कारबाही गर्ने रणनीति नै लिएको छ । नदी प्रदूषण नियन्त्रणका लागि महानगरले अनुगमन समिति बनाएर स्थलगत अवलोकन गरेको थियो । नदी आसपासका कतिपय उद्योगले फोहोर, रसायनयुक्त पानी प्रशोधन नै नगरी नदीमा खसाल्ने गरेको पाइएको थियो । मरियम लेदर सहित ५ वटा उद्योगलाई पत्र नै पठाएर कारबाही गर्ने चेतावनी दिइसकेको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?