+
+

फिल्मको धपेडी छाडेर फुटबल खेल्न निस्किए दीपक, निश्चलसहितका कलाकार

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १४:०५

काठमाडौं । फिल्म रिलिजको धपेडी छाडेर अभिनेता दीपकराज गिरी च्यासल रंगशालामा भेटिए । उनीसँगै निर्देशक निश्चल बस्नेत, मरिचमान श्रेष्ठ बल्छी धुर्वे, गजित विष्टलगायत कलाकार समेत त्यहाँ थिए । खेलाडीको हुलियामा त्यहाँ भेटिएका यी फिल्मकर्मीले फुटबल पनि खेले ।

च्यासल रंगलाशाको उद्घाटन अवसरमा मंगलबार कलाकार र एन्फा पदाधिकारीबीच मैत्रीपूर्ण फुटबल खेलको आयोजना गरिएको थियो । पूरै समय असिनपसिन हुँदै कलाकारहरु खेलेका देखिन्थे । शुक्रबारदेखि रिलिज हुने तयारीमा रहेको छक्कापञ्जा ४ को प्रचार र सम्पादनको बाँकी काम छाडेरै दीपक त्यहाँ पुगेका थिए ।

दशरथ रंगशालाको विकल्पमा राष्ट्रिय खेलकुद परिषद्ले लगानी गरेर उक्त रंगशालामा तयार पारेको हो । जसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे भने खेलकुद क्षेत्रमा बजेट बढाउने वचन समेत उनले दिए ।

तस्वीरहरु : चन्दबहादुर आले/अनलाइनखबर

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?