+
+

कृत्रिम कपाल ‘हेयर प्याच’ लगाउन कति लाग्छ खर्च, कति भरपर्दो ?

राजेशविक्रम शाह राजेशविक्रम शाह
२०७९ फागुन १७ गते १८:०७

कपाल झर्ने समस्या धेरैले झेलिरहेका छन् । खासगरी टाउकोको मध्यभागमा धेरैको कपाल झरेको देखिन्छ । यस्तो अवस्थामा के गर्ने ? अहिले केही विकल्प उपलब्ध छन् ।

जस्तो, कपाल रोप्न सकिन्छ । तर यो निकै खर्चिलो विधि हो । त्यसैगरी टाउकोमा लगाउने विग पनि बजारमा प्रशस्तै पाइन्छन् । विगजस्तै विधि हो, हेयर प्याच पनि । टाउकोको जति भागमा कपाल छैन, त्यसमा हेयर प्याच गर्न सकिन्छ ।

हेयर प्याच के हो ?

हेयर प्याच भन्नाले विग (नक्कली कपाल) जस्तै हो तर यसको गुणस्तर विगभन्दा राम्रो हुन्छ । यसलाई मान्छेको प्राकृतिक कपालबाट नै बनाउने गरिन्छ । जुन ठाउँमा कपाल छैन त्यो ठाउँमा लगाउने भएर यसलाई हेयर प्याच भनिएको हो ।

हेयर प्याच कसरी गरिन्छ ?

सबभन्दा पहिला टाउकोको लिइन्छ । त्यसपछि त्यसको साइजअनुसार कपालको रंग, बनावट, घनत्व हेरेर तयार पार्नुपर्ने हुन्छ । त्यसपछि लगाइदिने हुन्छ । यसैगरी रेडिमेड पनि पाइन्छ । सेवाग्राहीको आवश्यकताअनुसार कुनैपनि विधि छनोट गर्न सक्छन् ।

समान्यतया तीन प्रकारले लगाउन सकिन्छ । टेप, ग्लु, क्लिप सिस्टमबाट लगाउन सकिन्छ ।

कसले गराउन सक्छन् ?

हेयर प्याच यसैमा दक्षता हासिल गरेका हेयर स्टाइलिस्टले गराउने गर्छन् ।

ठाउँ ठाउँ कपाल नभएका व्यक्तिले हेयर प्याच लगाउन सक्छन् । यो महिला पुरुष दुवैले गर्ने गर्छन् । तुलनात्मक रुपमा महिलाले भन्दा पुरुषले बढी गराउँछन् ।

हेयर प्याच एक पटक गराएपछि दुई–तीन वर्षका लागि हुन्छ । खासमा विगभन्दा यो निकै भरपर्दो हुन्छ । साथै छरितो पनि ।

हेयर प्याचको केही साइट इफेक्ट छैन । यसको लागि प्रयोग हुने सामग्री जस्तै टेप, ग्लु, क्रिम सबै गुणस्तरीय हुने भएकाले यसले नकारात्म असर गर्दैन ।

हेयर प्याच गराउन लाग्ने समय र खर्च

यो दुई थरीको हुन्छ । एउटा चाहिं कस्टमाइज कसको कपालमा लगाउने त्यसको नाप जाँच गरेर बनाएर लगाउने त्यो २० देखि २५ दिन लाग्छ । अर्को रेडिमेड, त्यसलाई आधादेखि एक घण्टामा लगाउन सकिन्छ ।

हेयर प्याच गराउन १५ हजारदेखि ३० हजार रुपैयाँसम्म लाग्छ । गुणस्तर हेरेर मूल्यमा तलमाथि हुनसक्छ । सामान्यतया हेयर प्याचको दुईदेखि तीन वर्षसम्म टिक्छ । कुनै कुनै भने ३ महिनामै पनि परिवर्तन गर्नुपर्ने हुन्छ ।

हेयर प्याच लगाएर नुहाउँदा केही असर गर्दैन । नियमितजसो नुहाउँदा पनि फरक पर्दैन ।

तर यसलाई समय–समयमा सफा भने गर्नुपर्छ । यसलाई समय समयमा सफा गर्नुपर्छ । यसलाई १५ देखि २५ दिनमा निकालेर सफा गर्नुपर्ने हुन्छ । त्यसमा भएको पुरानो टेप वा ग्लु हटाएर नयाँ टेप लगाएर फेरि त्यही हेयर प्याच लगाइदिने हुन्छ । यसलाई हेयर मेन्टेसन पनि भन्ने गरिन्छ । यो घरमा गरेपनि हुन्छ तर कपाल बढ्ने भएकाले काट्नुपर्ने हुन्छ, त्यसैले पार्लरमा नै गर्दा राम्रो हुन्छ । यसको लागि १५० रुपैयाँ जति लाग्छ ।

(शाह लिड हेयर रिप्लेसमेन्ट, धुम्बाराहीका सञ्चालक हुन् ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?