+
+

सुरक्षाका नाममा विमानस्थलमा यात्रुलाई दुःख नदिन पर्यटन मन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १६:५७

१८ फागुन, काठमाडौं । सुरक्षा संवेदनशीलताका नाममा विमानस्थल भित्र यात्रुलाई दुखः नदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्देशन दिएका छन् । बिहीबार हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलका अधिकारीहरुसँगको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

चाार्ल्स शोभराजले नेपालको विमानस्थलबाट हात्ती समेत छिराउँछु भनेर भनेको सन्दर्भ निकाल्दै उनले यति कडा सुरक्षा घेराबाट पनि केजीमा नभई कुइन्टलमा सुन तस्कर भएको विगत रहेको उल्लेख गरे । ‘सुरक्षा चुनौती छन्, सरक्षामा कुनै सम्झौता गर्नुहुँदैन, तर सुरक्षा संवेदनशीलता देखाएर यात्रुहरुलाई दुर्व्यवहार भइरहेको छ’ उनले भने ।

विमानस्थल भित्र बेला बेलाा हुने सर्भर डाउनले यात्रुले सास्ती पाएको भन्दै उनले यात्रुहरुमा नकरात्मक प्रभाव परेको समेत बताए । ट्याक्सी स्टेशनमा नाममा रहेका बेथिति हटाउन समेत उनले निर्देशन दिए । विमानस्थलमा मन्त्रीले भनेपछि हराएको सामान पनि भेटिने परिपाटी रहेको भन्दै उनले व्यंग्य गरे ।

‘मन्त्रीले भनेपछि हराएको सामान पनि भेटिन्छ, साधारण मान्छेको निवेदन किन सुनुवाइ हुँदैन,’ उनले भने, ‘त्यही कागजातले पैसा न तिरी काम हुँदैन, तर त्यही कागजले पैसा तिरे काम बन्छ । यस्ता उदहारण धैरै छन् ।’ यस्तो अवस्था नसुध्रिए प्रमाणसहित सार्वजनिक गर्न बाध्य हुने उनको चेतावनी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?