+
+

स्ववियु चुनावका लागि एकीकृत समाजवादीले बनायो घनश्याम भूसालको नेतृत्वमा वार्ता समिति

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १९:५७

१८ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावको संयोजन तथा वार्ताका लागि नेता घनश्याम भूसालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।

उक्त समितिको सदस्यहरुमा प्रकाश ज्वाला, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जगन्नाथ खतिवडा, राजेन्द्र राई, रामकुमारी झाँक्री, रामकुमार भट्टराई, दिलु पन्त, लक्ष्मण केसी र मोहन गौतम सदस्य रहेका महासचिव बेदुराम भूसालले विज्ञप्तिमार्फत जनाएका छन् ।

एकीकृत समाजवादीले पोलिट्ब्यूरो सदस्य तथा विद्यार्थी फाँटका इन्चार्ज रामकुमार भट्टराईको संयोजकत्वमा ६३ सदस्यीय स्ववियु निर्वाचन परिचालन समिति गठन गरेको छ ।

त्यस्तै पिताम्बर तिम्सिना संयोजकत्वमा ४ सदस्यीय स्ववियु निर्वाचन स्वयंसेवाक परिचालन समिति बनाएको छ । जसको ससंयोजकमा भीम राई, नितेश पौडेल र सञ्जु सिंह रहेका विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?