+
+

लोक सेवा आयोगको तेस्रो राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते ७:४२

१९ फागुन, धनगढी । लोक सेवा आयोगहरुको तेस्रो राष्ट्रिय सम्मेलन कैलालीको धनगढीमा सुरु भएको छ ।

लोक सेवा आयोग केन्द्रीय कार्यालय काठमाडौंको आयोजनामा धनगढीको रुबस होटलमा आयोजित सम्मेलनमा केन्द्रीय कार्यालयका साथै प्रदेश लोक सेवा आयोगका पदाधिकारी र कर्मचारीहरु सहभागी छन् ।

सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा केन्द्र र प्रदेश लोक सेवा आयोगहरुबाट विभिन्न कार्यपत्रहरु प्रस्तुत हुने र नयाँ योजनाबारे छलफल गरेर निचोड निकालिने लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए । सम्मेलनका उपलब्धि पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने उनले बताए ।

यसअघि लोक सेवा आयोगको पहिलो राष्ट्रिय सम्मेलन २०७७ सालमा फागुन २३ र २४ गते काभ्रेको धुलिखेलमा तथा दोस्रो राष्ट्रिय सम्मेलन २०७८ फागुन २३ र २४ गते रुपन्देहीको भैरहवामा आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?