+
+

‘ज्याकी : आई एम ट्वान्टी वान’को टिजर : हिपहप डान्सर बन्ने धीरजको संघर्षको कथा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १२:२६

काठमाडौं । धीरज मगर स्टारर डान्स ड्रामा ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तु र चरित्र चित्रणबारे खुलासा गरेको छ, जहाँ धीरजले हिपहप डान्समा करिअर बनाउने सपना देखेको एक ‘एमेच्योर्ड डान्सर’को भूमिका निर्वाह गरेका छन् ।

हिपहप नृत्यमा सफल हुन सपना देखेको प्रमुख पात्रले परिवारको अवरोधको बाबजुद कसरी लक्ष्य प्राप्तिका लागि संघर्ष गर्छ भन्ने कथावस्तु यसमा समेटिएको छ । फिल्ममा धीरज मगरको साथमा जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायतका कलाकारको अभिनय छ ।

नृत्य निर्देशकको रुपमा स्थापित रेनशा बान्तवा राईले निर्देशन गरेको यो फिल्ममा उनले केन्द्रीय द्वन्द्वको रुपमा पनि नृत्य र त्यसबीच आउने परिवारिक अपेक्षालाई प्रस्तुत गरेकी छन् । सुशान्त प्रजापतिको छायांकन, निमेश श्रेष्ठको सम्पादन, रेनशा राई राना र सोमनाथ खनालको संवाद छ ।

कालीप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत रहेको फिल्म वैशाख २१ गते रिलिज हुने तयारीमा छ । आइकोर फिल्म्सको ब्यानरमा यो फिल्म निर्माण भएको हो । आइकोरले यसअघि निर्माण गरेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ले पनि बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । प्रभुशमशेर जबरा र प्रज्ज्वल राणा फिल्मका निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?