+
+

नेपाली सेनामा खुल्यो रोजगारी, कुन पदमा कति ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १२:५२

१९ फागुन, काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा खुला तथा समावेशी पदका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रबाट दरखास्त दिने जानकारी दिएको हो । बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको नेपाली सेनाले जनाएको छ । मध्यपूर्वी पृतना इटहरीबाट ५४ जनाका लागि आवेदन खुलेको छ । जसमा सबैभन्दा धेरै बन्दोबस्त कार्य सिपाहीमा खुला र आरक्षणतर्फ गरी २३ जनाको माग भएको छ ।

महोत्तरीबाट ५२ जनाका लागि भर्ना खुलेको छ । जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको मागभएको छ । सफाइकर्मीमा ८ जनाको माग गरिएको छ । हेटौंडाबाट समेत ५२ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ । पोखराबाट ५४ जनाको माग भएको छ । जसमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ ।

बुटवलबाट ५४ जनाको माग भएकोमा बन्दोबस्त कार्य सिपाहीमा २३ जनाको माग आएको छ । सुर्खेतबाट कुल ५४ जनाको माग भएको छ । कैलालीबाट ५३ जनाको माग आएको छ । उपत्यकामा नारायणहिटीबाट ५३ जनाको माग गरी दरखास्त आह्वान गरिएको नेपाली सेनाले जनाएको छ ।

१९ चैतसम्म आवेदन दिन सकिने

नेपाली सेनाले १ महिनाको अवधि राखेर दरखास्त मागेको छ । अर्थातः १९ चैतसम्म आवेदन दिने सकिने भएको छ । दोब्बर दस्तुर तिरेर चैत २६ सम्म आवेदन दिने सकिने भएको छ । दरखास्त फाराम सम्बन्धित भर्ना केन्द्रबाट लिइने भएको छ । सोही केन्द्रमा बुझाउनु पर्ने समेत सेनाले जनाएको छ । फाराम शुल्क १ सय रुपैयाँ तोकिएको छ । यी पदहरुमा साधारण लेखपढ गर्न सक्ने सबैले आवेदन दिन सक्ने भएका छन् । १८ वर्ष पुरा भई २६ वर्ष ननाघेको हुनुपर्ने समेत सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?