 
															Photo Credit : Nepal Army
								
																			६ चैत, काठमाडौं । नेपाली सेनाको सहायक रथी रामप्रसाद अधिकारी उपरथीमा र महासेनानी मुकेश बाटाजु सहायक रथीमा बढुवा भएका छन् ।
यही चैत चार गतेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई विशेष बढुवा गर्ने निर्णय गरेको थियो ।
बढुवापछि आज बिहान जंगी अड्डामा आयोजित एक कार्यक्रममा उनीहरुले दर्ज्यानी चिह्न ग्रहण गरे । प्रधानसेनापति अशोक राज सिग्देलले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
सो कार्यक्रममा अन्य रथी, अधिकृतहरुका साथै पदोन्नति भएका परिवारहरुको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4