+
+

मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १२:५४

१९ फागुन, काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार आईपीओ बाँडफाँड गरको हो ।

कम्पनीले ४ देखि १० फागुनसम्म सर्वसाधारणका लागि २२ लाख ६४ हजार ६५५ कित्ता साधारण सेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा कुल १४ लाख २४ हजार ३५१ जनाले कुल १ करोड ५५ लाख ७९ हजार ८०० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १४ लाख १७ हजार ३४६ आवेदन स्वीकृत भएको र ७ हजार ५ आवेदन रद्द भएको बिक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ ।

उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेकााले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा आईपीओ बाँडफाँड भएको छ । जसअनुसार २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । १० कित्ताको दरले बाँडफाँड गर्दा बाँकी सेयर कित्ता १० कित्ता सेयर पाउने ५ जनाले थप १ कित्ता अर्थात कुल ११ कित्ताका दरले प्राप्त गरेका छन् ।

आईपीओको नतिजा बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट सिडीएससीको मेरा ेशेयरको वेबसाइट र सिडीएसले आईपीओको लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिने छ ।

मेरो शेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीय, र विदेशमा रहेका नेपाली श्रमिकलाई आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७४ चैत १२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?