+
+

विना कारण किन हटाइए जूमका अध्यक्ष ?

एजेन्सी एजेन्सी
२०७९ फागुन २० गते १०:०६

भिडियो कन्फ्रेन्सिङ प्लाटर्फम जूमका अध्यक्ष ग्रेग टम्ब बर्खास्त भएका छन् । नियामक निकायमा कम्पनीले पेश गरेको प्रतिवेदनमा अध्यक्ष ग्रेगसँगको करार भंग गरिएको उल्लेख छ र त्यसमा बर्खास्तगीको कुनै कारण खुलाइएको छैन ।

गुगलका पूर्व कार्यकारी समेत रहेका ग्रेगले सन् २०२२ को जून महिनादेखि जूमको नेतृत्व सम्हालेका थिए ।

अध्यक्षलाई हटाएसँगै जूममा उनको उत्तराधिकारी को होला ? भन्ने चासो बढेको छ । तर कम्पनीका प्रवक्ताले भने जूमले प्रतिस्थापन नखोजेको बताएका छन् ।

अध्यक्ष ग्रेगले कम्पनीका प्रमुख कार्यकारी अधिकृत इरिक युआनलाई सिधै रिपोर्टिङ गर्दथे । उनले सन् २०११ मा जूम स्थापना गरेका थिए ।

कोरोना महामारीका समयमा जूम सबैभन्दा सफल कम्पनी बनेको थियो । महामारीको लकडाउनमा मानिसहरु घरमै बसेर कार्यालयको काम गर्नुपर्ने अवस्थामा जूम प्लाटर्फम दैनिकीको अर्को नाम बनिसकेको थियो।

सन् २०२० को अपि्रल सम्ममा जूमबाट बिहे र अन्त्येष्टिसम्म हुन थालेको थियो र त्यसबेला जूममा दैनिक ३० करोड कल हुन्थे ।

गतवर्ष कम्पनीको अध्यक्षमा ग्रेग टम्बलाई नियुक्त गर्ने बेलामा सीईइओ युआनले ग्रेगको प्रसंसा गर्दै भनेका थिए- ग्रेग प्रविधि उद्योगका उच्च सम्मानित नेता हुन् । कम्पनीहरुलाई निकै संवेदनशील समयमा अगाडि बढाउने सन्दर्भमा उनको गहन अनुभव छ ।

ग्रेगले पनि जूम कम्पनीमा जोडिन पाउँदा आफू खुसी भएको भन्दै कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग गर्ने बताएका थिए । तर पछिल्लो समयमा जूमले महामारीका बेला प्राप्त गरेको आर्थिक वृद्धिलाई कायम राख्न संघर्ष गरिरहेको थियो र अन्य प्रविधि कम्पनीहरुले जस्तै यसले पनि कर्मचारी कटौती गर्न बाध्य भएको छ । गत फेब्रुअरीमा जूमले आफ्ना १५ प्रतिशत कर्मचारी अर्थात् १३ सय कर्मचारी कटौती गरेको थियो ।

जूमले केवल भिडियो कन्फ्रेन्सिङ प्लाटर्फमको रुपमा मात्र नभई आफूलाई विविधीकरणसमेत गर्ने प्रयास गरिरहेकेा छ । गत वर्ष यसले आफ्नो प्लाटर्फममा इमेल, क्यालेन्डर फिचर तथा च्याटबट समेत थप गर्ने घोषणा गरेको थियो । त्यस्तै कम्पनीले Zoom Sports मा पनि काम गरिरहेको बताइएको छ ।

बीबीसीबाट

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?