+
+

होलीमा रेस्लिङ महाभिडन्त

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २० गते १३:३६

२० फागुन, काठमाडौं ।  नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त हुने भएको छ ।

होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाघारीमा हुनेछ । रेस्लिङमा नेपालसहित अमेरिका, पाकिस्तान र भारत गरी ४ राष्ट्रका रेस्लरको भिडन्त हुने आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जानकारी गराइन् ।

नेपालबाट भगवती खड्का, अस्मिता जुरेली, कुमार थापा (नेपाली ब्रो), हिक्मत थपलिया (स्कोरपियो), कृष्ण मगर (सिन्धुपाल्चोक टाइगर) मिस्टर यति लगायतले प्रतिस्पर्धा गर्ने छन् ।

भारतबाट अमित दलाल, दिव्या आले र अभिराज सिंह, पाकिस्तानबाट कोभु ब्रान्डम, मोहम्मद बिलाल खान, तलहल अलि खान, अफ्रीदी मुहम्मद उसाम खान र मुस्ताफा अलि खान तथा अमेरिकबाट रिकार्डेज भिल्लानुभा (सादिका) रिङमा उत्रने छन् ।

विभिन्न ५ स्पर्धामा भिडन्त हुनेछ । २०७१ सालमा स्थापना भएको फाउन्डेसनले पहिलोपटक भक्तपुरमा अन्तर्राष्ट्रिय रेस्लिङ आयोजना गर्न लागेको अध्यक्ष भगवतीले जनाएकी छन् । भरत विसुराल (हिमालयन टाइगर) ले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?