+
+

अन्तर्घात छानबिन प्रतिवेदन सार्वजनिक हुन्छ : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते ८:३३

२१ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् ।

शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै उनले प्रतिवेदन आगामी बैठकमा प्रस्तुत हुने र सार्वजनिक गरिने बताएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यो प्रतिवेदनले भविष्यमा अनुशासित र मर्यादित पार्टी पंक्ति तयार गर्दै आउने पिँढीलाई मार्गनिर्देशसमेत गर्ने अध्यक्ष यादवको भनाइ छ ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न शिवलाल थापाको संयोजकत्वमा समिति गठन गरिएको थियो ।

अन्तरघात गरेको भन्दै केन्द्रदेखि स्थानीय तहसम्मका ८० जना नेता, कार्यकर्तालाई कारबाहीको लागि प्रतिवेदनमार्फत् सिफारिस गरिएको जसपा प्रचार विभाग प्रमुख बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?