+
+

‘बाहुबली २’ लाई उछिन्दै ‘पठान’ बन्यो भारतमा सर्वाधिक कमाउने हिन्दी फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते ११:२८

काठमाडौं । शाहरुख खान स्टारर ‘पठान’को हिन्दी संस्करणले अर्को चर्चित फिल्म ‘बाहुबली २’ को कमाइलाई उछिन्दै सर्वाधिक कमाउने बलिउड फिल्मको कीर्तिमान रचेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनको ३८ औं दिनसम्म फिल्मले घरेलु बक्स अफिसमा ५२९.७ करोड भारु कमाएको छ । बाहुबली २ को लाइफटाइम कलेक्सन ५११ करोड नेट भारु थियो ।

पठानको विश्वव्यापी कलेक्सन एक हजार २७ करोड भारु पुगेको छ । रिलिजको पछिल्ला दिनहरुमा निर्माता कम्पनी यशराज फिल्म्सले टिकटको मूल्य ११० भारुमा घटाउँदै एउटा किन्दा अर्को निःशुल्क पाइनेजस्ता आकर्षक अफर ल्याएको थियो ।

आगामी बुधबारदेखि रिलिज हुन लागेको रणवीर कपुरको फिल्म ‘तु झूठी मैं मक्कर’ले पठानको कमाइलाई प्रभावित बनाउने सम्भावना देखिन्छ । पठानले भारतमा राम्रो कमाउँदा अक्षय कुमारको ‘सेल्फी’ र कार्तिक आर्यनको ‘शेहजादा’ भने असफल भए ।

योसँगै पठान धेरै कमाउने फिल्मको शीर्षस्थानमा रह्यो भने त्यसपछि क्रमशः बाहुबली २, केजीएफ २, दंगल, सञ्जु, पिके, टाइगर जिन्दा हैं, बजरंगी भाइजान, वार, पद्मावत धेरै कमाउने भारतीय फिल्महरु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?