+
+

सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी २४ फागुनदेखि  

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १६:०५

२१ फागुन, काठमाडौं । ‘प्रविधियुक्त सेवा र सुशासनः दीगो साकोस र छवि निर्माणका लागि जिम्मेवार व्यवस्थापन’ भन्ने सोचसहित सहकारीका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी आगामी बुधबारदेखि हुने भएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) को आयोजना र नेफ्स्कुन साकोस म्यानेजर्स क्लबको व्यवस्थापनमा २४ र २५ फागुनमा काठमाडौंमा हुने भएको हो । गोष्ठीमा ४ सय ५० जनाको सहभागिता रहने आयोजकले बताएको छ ।

नेपालका वित्तीय सहकारीका व्यवस्थापकीय प्रमुखहरुलाई समेटी गोष्ठीको आयोजना गर्दा प्राप्त उपलब्धिको सन्देश प्रवाह गर्नु रहेको संयोजक तथा नेफ्स्कुनका कोषाध्यक्ष दिपक पनेरुले बताए । वित्तीय सहकारीको दर्शन र मूल्यमा आधारित व्यावसायिक जनशक्ति विकास गर्नु गोष्ठीको उद्देश्य रहेको समेत संयोजक पनेरुले बताए ।

विश्वव्यापी नवीनतम अभ्यास, अनुभव र सिकाइहरु मार्फत ज्ञान, सीप र प्रविधिको अवलम्बन एवम् हस्तान्तरण गर्नु तथा राष्ट्रियस्तरमा भएका नवीनतम र सफल अभ्यासहरु आदानप्रदान गर्नु समेत गोष्ठीको उद्देश्य रहेको उनको भनाई छ । गोष्ठीमा राष्ट्रियदेखि विश्व सञ्जालहरु विश्व ऋण परिषद् (अमेरिका), एसियाली ऋण महासंघ (थाइल्याण्ड), नेपाल राष्ट्र बैंक र नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रलाई सफल माध्यम बनाउन योगदान गरेका विद्वतहरुबाट विभिन्न सात विषयमा कार्यपत्रहरु प्रस्तुत हुने भएको छ । २०७३ सालबाट साकोसका व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी सञ्चालन सुरुवात गरेको नेफ्स्कुनले प्रत्येक तीन वर्षको अन्तरालमा नियमित सञ्चालन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?