+
+

एकीकृत समाजवादीका नेता उपाध्यायको आज अन्त्येष्टि गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते १२:३९

२२ फागुन, काठमाडौं । छतबाट खसेर मृत्यु भएका एकीकृत समाजवादीका नेता सरोज उपाध्यायको आज अन्त्येष्टि गरिने भएको छ ।

शनिबार शंखमुलस्थित एक क्याफेको छतबाट खसेर उपाध्यायको निधन भएको थियो ।

उपाध्याय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका भाइ समेत हुन् ।

उनको पार्थिव शरीर श्रद्धान्जलीका लागि दिउँसो १ बजेदेखि ३ बजेसम्म आलोकनगरस्थित पार्टी कार्यालयमा राखिने उपमहासचिव विजय पौडेलले जानकारी दिए ।

त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

उनका श्रीमती र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?