+
+

नेपाली उत्पादन प्रयोग गर्न विभाग र संस्थानलाई उद्योग मन्त्रालयको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते १८:०५

२२ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका कार्यालयहरुलाई नेपाली वस्तु तथा उत्पादनको उपभोग गर्न परिपत्र गरेको छ । सबै सरकारी निकायले सम्भव भएसम्म नेपाली वस्तु प्रयोग गर्ने निर्णय सरकारले गरेको भन्दै मन्त्रालयले मातहतका विभाग र संस्थानलाई यस्तो निर्देशन दिएको हो ।

१२ फागुनमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकको निर्णयअनुसार सबै सरकारी निकायमा सम्भव भएसम्म स्वदेशी वस्तुको उपयोग गर्न प्रबन्ध मिलाउने भन्ने निर्णय कार्यान्वयन गर्न परिपत्रमा निर्देशन दिइएको छ ।

यसअघि नै मन्त्रालयले सबै सरकारी निकायले प्रयोग गर्ने स्टेशनरी, खाजाका परिकारदेखि खरिदका कार्यमा समेत स्वदेशी प्रयोगलाई प्राथमिकता दिने निर्णय गरेको थियो । जसअनुसार अब सरकारी कार्यालयका खाजा तथा खानाका परिकारमा स्वदेशमा उत्पादन भएका वस्तु मात्रै प्रयोगमा आउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?