+
+

एनआईसी एशिया लघुवित्तले १४.७५ प्रतिशत नगद लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १५:१६

२३ फागुन, काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले १४.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को सञ्चित मुनाफाबाट कम्पनीले २५ करोड ६५ लाख ६७ हजार ४ सय रुपैयाँ बराबर नगद लाभांश (कर प्रयोजनसहित) दिने निर्णय गरेको हो ।

कम्पनीको आइतबार बसेको १६८औंं सञ्चालक समितिबाट यस्तो निर्णय भएको कम्पनीले जनाएको छ । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि र आगामी पाँचौं साधारणसभाले पारित भएपछि लागु हुने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?