+
+

सत्ता गठबन्धन विस्तारबारे ८ दलमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १५:५०

२३ फागुन, काठमाडौं। सत्तागठबन्धनलाई थप विस्तार गर्ने विषयमा सत्ताघटकका दलहरुमा छलफल प्रारम्भ भएको छ ।

सत्ताघटक दलको बैठकपछि प्रतिक्रिया दिने क्रममा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले गठबन्धनमा रहने दलको संख्या बढ्नसक्ने बताए ।

‘गठबन्धन विस्तार गर्ने छलफलको प्रारम्भ भएको छ । गठबन्धन ८ बाट १० पुग्ने सम्भावना छ,’ भुसालले भने, ‘डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी सम्मिलित हुँदा गठबन्धनमा नौ दल पुगेका छन् ।

राष्ट्रपतिको चुनावमा प्राविधिक तयारीका लागि मुख्य छलफल भएको नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । बिहीबार हुने राष्ट्रपति निर्वाचनमा व्यवस्थापन विषयमा छलफल भएको उनले बताए ।

मंगलबार दिउँसो नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बसेको बैठक पछि खड्काले भने, ‘शक्ति बाँडफाडमा आज छलफल प्रवेश गरेनौं । राष्ट्रपतिको निर्वाचन पछि छलफल हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?