+
+
पल्सर स्पोर्ट्स अवार्ड :

भलिबलकी अरुणा शाही उत्कृष्ट महिला खेलाडी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते १७:१०

२३ फागुन, काठमाडौं । भलिबल खेलाडी अरुणा शाही वर्षको उत्कृष्ट खेलाडी बनेकी छिन् ।

नेपाल खेलकुद पत्रकार मञ्चले गत वर्ष गरेको प्रदर्शनका आधारमा उनलाई पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत वर्षको उत्कृष्ट महिला खेलाडीको अवार्ड प्रदान गरेको हो ।

यो विधामा शाहीसँगै क्रिकेटका रुबिना क्षेत्री र सीता रानामगर, एथलेटिक्सकी पुष्पा भण्डारी र बक्सिङकी पुनम रावल मनोनयनमा परेका थिए ।

उनीहरुलाई पछि पार्दै अवार्ड जितेकी अरुणा बंगलादेशमा भएको एशियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसीपको उपाधि उचाल्ने कप्तान हुन् । उनकै कप्तानीमा नेपालले समूह चरणका ५ खेल र फाइनलमा उज्वेकिस्तानलाई हराएर अपराजित यात्रासहित उपाधि जितेको थियो । उनी यो प्रतियोगितामा बेस्ट सेटर बनेकी थिइन् ।

यस्तै घरेलु प्रतियोगिता छैटौं एनभीए कपमा पनि उनी बेस्ट सेटर बनेकी थिइन् । वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी अरुणाले पल्सर मोटरसाइकल पुरस्कार पाएका छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?