+
+

टाटा मोटर्सद्वारा ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ कार्यक्रम आयोजना 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते १६:५६

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सिप्रदी टाटा मोटर्सले ‘नेक्सन ईभी वेमेन ड्राइभ द नेशन’ कार्यक्रम आयोजना गरेको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश विकास र पहिचान स्थापनामा नारीहरुको योगदानको उच्च कदर गर्दै उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवसको ’डिजिटल : आविष्कार र प्रविधिमा लैंगिक समानता’ नारा बोकेको पहललाई कुनै न कुनै रुपले सहयोग पुग्ने उद्देश्यका साथ विद्युतीय सवारी र त्यसको लागि जरूरी पूर्वाधार तथा सीपबारे जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको प्यासेन्जर भेहिकल प्रमुख शावंतजंग सिजापतिले जानकारी दिए ।

नेक्सन ईभीका महिला ग्राहकहरुको सहभागितासँगै वात्सल्यकी वरिष्ठ प्रजनन् विशेषज्ञ डा.आकृति भारतीको प्रमुख आतिथ्य रहेको यस कार्यक्रममा मिस नेपालकी प्रियंका रानी जोशी , न्यान्सी खड्का र सरिशा श्रेष्ठका साथै सिप्रदी ट्रेडिङमा कार्यरत महिला तथा टाटा मोटर्सका महिला ग्राहकहरुको उपस्थिति रहेको थियो ।

टाटा मोटर्सका कन्ट्री म्यानेजर अजित नारायण सिंहले विद्युतीय गाडी सञ्चालनबारे आधारभूत प्रक्रिया र प्रणालीबारे जानकारी हुनु आवश्यक रहेको बताए ।

नेक्सन ईभीको प्रयोगमार्फत वातावरण संरक्षणमा पनि टेवा पुर्‍याउने उद्देश्यसहित थापाथलीस्थित शोरुमबाट बागडोल हुँदै नैकापसम्म नेक्सन ईभी राइड आयोजना गरिएको थियो । राइडमा सहभागी महिलाहरुलाई फास्ट चार्जिङ स्टेशन लगायत ईभी गाडीकोबारेमा जानकारी गराइएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?